माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
असोज २८, २०७८
प्रमुख राजनीतिक दलका शीर्ष नेतामध्ये केहीले दशैंको टीका लगाउन नपाउने भएका छन् भने केहीलाई स्वास्थ्यका कारण दशैंको खानपिनमा खुलेर रमाउन नसक्ने अवस्था छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भाइको निधन भएकाले यस वर्ष टीका लगाउने छैनन् ।
ओलीको त स्वास्थ्यका कारण पनि खानपिनमा निकै सजगता अपनाउनुपर्ने अवस्था छ ।
तन्दुरुस्त देउवा
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा खानपिनका शौखिन छन । उनले स्वास्थ्यकै कारण आफ्ना रूचिका खाना खान छाड्ने गरेका छैनन् । ७८ वर्षको उमेरमा पनि देउवाको स्वास्थ्य तन्दुरूस्त छ ।
कोरोना महामारीका कारण दशैंमा ठूलो भेटघाट र जमघटको कार्यक्रम प्रधानमन्त्री देउवाले बनाएका छैनन् । उनको निजी सचिवालयका अनुसार, देउवाको पारिवारिक रूपमा दशैं मनाउने कार्यक्रम छ ।
दशैंमा पार्टी कार्यकर्ता र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम भने नभएको देउवाका निजी सचिव भानु देउवाले बताए ।
‘प्रधानमन्त्रीज्यूले पारिवारिक रूपमा खानपिन र रमाइलो गरेर दशैं मनाउने कार्यक्रम बनाउनुभएको छ’, निजी सचिव देउवाले भने ।
रातो मासु र चिल्लोपिरो खान्नन् ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नवमीका दिन (आज) झापा गएका छन् । झापाको दमकमा जलपान समारोह आयोजना गरिएको छ । ओली त्यसैमा सहभागी हुन झापा गएका हुन् । आजै उनी काठमाडौं फर्कने कार्यक्रम छ ।
ओलीले यस पटक विजयादशमीको टीका भने नलगाउने भएका छन् । उनका भाइको निधन भएका कारण ओलीले विजयादशमीको टीका लगाउन नपाएको उनको सचिवालयले बताएको छ ।
ओलीको दशैं र अन्य बेलाको खानपिनमा खासै फरक नहुने उनका प्रेस संयोजक रामशरण बजगाईंले बताए । मृगौला प्रत्यारोपण गरेका कारण उनले रातो मासु धेरै खान हुँदैन । चिल्लोपिरो कमै खानुपर्छ ।
‘उहाँको दशैंको खानपिनमा विशेष केही हुँदैन । अरू बेला र दशैंमा एउटै खानपिन हुन्छ’, बजगाईंले भने ।
पकाउन अघि सर्छन् प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैंमा विशेष कुनै कार्यक्रम बनाएका छैनन् । घरमा परिवारसँगै बस्ने र रमाइलो गर्ने बाहेकको ठूलो राजनीतिक कार्यक्रम नभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।
प्रचण्डलाई पनि खानपिनका स्वास्थ्यका कारण कुनै रोकतोक छैन ।
‘अहिलेसम्म खानपिनमा रोकतोक गर्नुपर्ने समस्या देखिएको छैन’, सापकोटाले भने ।
हुन त अघिल्लो वर्षको दशैंमा प्रचण्ड आफैँले दाउरा बालेर खसीको मासु पकाइरहेको तस्वीर सार्वजनिक भएको थियो ।
श्रीमती सीता दाहाल अस्वस्थ भएका कारण पनि उनले दशैंमा घर बाहिर जाने कार्यक्रम बनाएका छैनन् ।
खसीको मासु खाँदैनन् नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको पनि घरमै पारिवारिक रूपमा दशैं मनाउने कार्यक्रम रहेको छ ।
उनले सानीआमा शान्ता नेपालबाट विजयादशमीको टीका ग्रहण गर्ने र घरमा सामान्य रूपमा कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम छ ।
नेपाल भाइरल ज्वरोले बिरामी परेका कारण केही दिनअघि दुई दिन त्रिवि शिक्षण अस्पताल बसेर फर्किएका थिए । उनको सचिवालयका अनुसार, नेपाल बिरामी भएर विकनेस भएका कारण खानपिनमा सामान्य ध्यान दिनुपर्ने अवस्था छ ।
उनी खसीको मासु भने खाँदैनन् । ‘कुखुराको मासु र माछा उहाँको रोजाइमा हुन्छ । खसीको मासु खानुहुन्न’, सचिवालयले भन्यो ।
सापकोटाको सामान्य दशैं
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले सामान्य रूपमा शुभकामना आदानप्रदान गरेर दशैं मनाइरहेका छन् । नवमीका दिन (आज) सापकोटा गृहजिल्ला सिन्धुपाल्चोक पुगेका छन् ।
बलेफी गाउँपालिका–४ आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने, त्यसपछि घरमा पारिवारिक भेटघाट गर्ने र साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए ।
सापकोटाले पनि स्वास्थ्यकै कारण दशैंमा खानपिनमा हच्किनुपर्ने अवस्था छैन ।
‘जनयुद्धको बेलादेखि नै सामान्य रूपमा दशैं मनाउने गरिएको छ । स्वास्थ्यकै कारण उहाँले खानपानमा विशेष सजगता अपनाउनुपर्ने अवस्था छैन’, न्यौपानेले भने ।
पौडेल माछा–मासुको पारखी
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको यस वर्ष दशैं छैन । उनका माइलो भाइको मृत्यु भएको कारण यस वर्षको विजयादशमीको टीका नलगाउने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए ।
दशैंको अवसरमा काठमाडौंमै रहनेछन् । सामान्य राजनीतिक भेटघाट गरी घरमै रहेर पौडेलले दशैं मनाइरहेका छन् । पौडेल माछामासुका पारखी हुन् । उनी चिल्लोपिरो कम खान्छन् । पौडेल भन्छन्, ‘उहाँ माछामासुको पारखी हो । चिल्लोपिरो भने कम खानुहुन्छ ।’
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...