राष्ट्रिय फूटबल टोलीका प्रशिक्षक अल्मुताइरीले भने- 'मेरो पनि इज्जत छ, अब नेपाल फर्किन्नँ'

राष्ट्रिय फूटबल टोलीका प्रशिक्षक अल्मुताइरीले भने-  'मेरो पनि इज्जत छ, अब नेपाल फर्किन्नँ'
फाइल तस्वीर

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल नफर्किने बताएका छन् ।


Advertisement

मुख्य प्रशिक्षक अल्मुताइलरीले आफूले यसअघि नै राजीनामा दिएको बताउँदै भारतसँगको साफ च्याम्सिपयनसीपको फाइनल खेल नै आफ्नो अन्तिम खेल भएको बताएका हुन् ।


Advertisement

उनले बुधवार बंगलादेशसँगको १–१ गोलको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा साफ च्याम्पियनको फाइनलपछि नेपाल नफर्किने घोषणा गरेका थिए ।

उनले नेपालले फाइनल यात्रा तय गरेकोमा खुशी व्यक्त गर्दै पछिल्ला केही दिन आफूले तनावमा गुजारेको बताए ।


Advertisement

मुख्य प्रशिक्षक अल्मुताइरीले भने, ‘आफ्नो कोचलाई सम्मान गर्नुपर्छ । हामी परिवार हौँ, हामी एउटै परिवारका सदस्य हौँ । तपाईंहरूले यस्तो बोलेर खुशी मिल्यो र ? म्याच फिक्सिङ गर्‍यो भनेर तपाईंहरू खुशी हुनुहुन्छ । तपाईंहरूलाई गर्व महशुस भयो ? म कोच हो, के सोच्नुभएको छ ? के प्रतिक्रिया दिनुभएको छ ? मान्छेले मान्छेलाई सम्मान गर्नुपर्छ । म नोकर होइन, कोच हुँ । आउँदो फाइनल गेम मेरो नेपालका लागि लास्ट म्याच हुनेछ । म कहिल्यै नेपाल फर्किने छैन, पत्रकारहरूलाई म भन्छु मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ ।’

मुख्य प्रशिक्षक अल्मुताइरीले माल्दिभ्सबाट सिधा कुबेत फर्किने बताउँदै उनले राजीनामा दिँदा आफू खुशी नरहेको पनि बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्