०३ असार २०८३, बुधबार

कञ्चनपुरमा ९ जुवाडे पक्राउ

कञ्चनपुरमा ९ जुवाडे पक्राउ

भीमदत्त नगरपालिका-४ भाँसी बस्ने भुवन साँउदको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ ऐंठपुर बस्ने ४० वर्षीय दान सिंह महरासमेत ९ जनालाई बुधवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २ लाख ९८ हजार १०० रूपैयाँ र १ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्