०३ असार २०८३, बुधबार

जापानमा आमनिर्वाचन हुँदै, प्रतिनिधि सभा विघटन

असोज २८, २०७८
जापानमा आमनिर्वाचन हुँदै, प्रतिनिधि सभा विघटन

जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गरेका छन् ।  जापानी अधिकारीहरूले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरूले बिहीवार बसेको संसदको बैठक लगत्तै संसद विघटन भएको बताएका हुन् ।

यहाँ आगामी अक्टोबर ३१ मा संसदीय निर्वाचन हुने भएको छ । यहाँको प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ ।

सत्तारुढ एलडीपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा यहाँका प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले अर्काे आमनिर्वाचनको तयारी थालेका थिए । 

किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए । प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहात दिने कार्यक्रम ल्याएका छन् । 

उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि भन्दै आम निर्वाचनमा आम नागरिकको सहयोगको अपेक्षा गरेका  छन् । उनले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरु ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरुसँग आग्रह पनि गरेका छन् । रासस-सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्