दशैं एकता र भ्रातृत्व विकासको अवसर– मुख्यमन्त्री शाही

दशैं एकता र भ्रातृत्व विकासको अवसर– मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बडादशैं सामाजिक एकता र भ्रातृत्व विस्तारको अवसरका रुपमा रहेको बताएका छन् ।


Advertisement

विजयादशमीका अवसरमा शुभकामना वक्तव्य दिँदै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको  नेपाली समाजमा दशैंलगायत चाडपर्वले सामाजिक सद्भाव, एकता र भ्रातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ, भने ।  


Advertisement

परम्परागत प्रचलनका नाममा चाडपर्वलाई अर्काको देखासिकीमा भड्किलो र खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार पारिवारिक मिलन, शुभकामना आदानप्रदान र सामाजिक एकता एवं भ्रातृत्व विकासको अवसरका रुपमा मनाउन आग्रह गरिएको  मुख्यमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्