२३ जेठ २०८३, शनिबार

भेनेजुएलामा हुन लागेको निर्वाचनका लागि संयुक्त राष्ट्रसंघले विज्ञहरू पठाउने

असोज २९, २०७८
भेनेजुएलामा हुन लागेको निर्वाचनका लागि संयुक्त राष्ट्रसंघले विज्ञहरू पठाउने

संयुक्त राष्ट्रसंघले भेनेजुएलामा हुन लागेको निर्वाचनका लागि विज्ञहरू पठाउने भएको छ । सो कुरा संयुक्त राष्ट्रसंघले बिहीवार जनाएको छ । भेनेजुएलाको सो निर्वाचनमा निर्वाचन अधिकृत, विज्ञहरु पठाउन लागिएको हो । त्यहाँ आगामी महिना आमनिर्वाचन हुन लागेकोे छ । 

सो निर्वाचनको प्रक्रियामा नै सहयोग गर्नका लागि उक्त निर्वाचन विज्ञहरुको टिम पठाउन लागिएको बताइएको हो । निर्वाचनको निष्पक्षता र थप सहजताका लागि संयुक्त राष्ट्रसंघले विज्ञ पठाउन लागेको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको प्रेस सचिवालयले सो जानकारी गराएको हो । 

सो निर्वाचनका लागि संयुक्त राष्ट्रसंघले प्राविधिक सहयोग पनि उपलब्ध गराएको छ । अन्य प्रक्रियागत सहायता गर्दै आएको राष्ट्रसंघले आगामी महिनाको सो निर्वाचनका लागि निर्वाचन विज्ञहरु नै पठाउन लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्