थप २७२ जनामा कोरोना पुष्टि, ८ संक्रमितको मृत्यु

थप २७२ जनामा कोरोना पुष्टि, ८ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ४ हजार ७१२ जनामा परीक्षण गर्दा आरटी–पीसीआरबाट २४० र एन्टिजेनबाट ३२ जनामा संक्रमण पुष्टि भएको हो ।


Advertisement

कोरोना निको भई थप ७७७ संक्रमित डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । हालसम्म ७ लाख ७९ हजार ९३१ संक्रमित निको भएका छन् ।

कोरोनाले थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार २७७ पुगेको छ । 


Advertisement

शुक्रवार देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ रहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्