तलेजुको बाहन सेतो घोडाको जात्रा सम्पन्न

तलेजुको बाहन सेतो घोडाको जात्रा सम्पन्न
तस्वीर: सामाजिक सञ्जाल

धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादशैँको र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा छ । 


Advertisement

जात्रामा तलेजु भवानीलाई तलेजुका मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीका साइतको पूजा विसर्जन गरेपछि सेतो घोडा जात्रा हुने परम्परा छ । जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि दिइन्छ । 
    
घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोकका साथै माथिल्लो दरबारक्षेत्रको खिछें, चोछें, भोलाछें, थालाछें, गोलमढी, सुकुलढोका र टौमढी घुमाई जात्रा सम्पन्न गरिने गरिन्छ । 


Advertisement

जात्रामा दरबार स्क्वायरमा रहेको पशुपतिनाथलाई घोडानाच देखाउन तीनपटक दगुराउने गरिन्छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्