२१ जेठ २०८३, बिहीबार

१० वर्षमुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि

असोज ३०, २०७८
१० वर्षमुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १ हजार ४४६ जनाको पीसीआर गर्दा १३६ र ३२७ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ लाख ४ हजार ६५२ पुगेको छ । १० वर्षमुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११–२० वर्ष उमेर समूहका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २७८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ८४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म ७ लाख ८० हजार ७७६ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ छ । त्यसमध्ये ११ हजार ५४४ जना होम आइसोलेसनमा रहेका र १ हजार ५४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

कोरोनाका बिरामीमध्ये ३०७ जना आईसीयू र ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्