अफ्रिकी मुलुक बेनिनका ग्रेगोरी दा सिल्भाले आफ्नो टाउकोमा ७३५ वटा अण्डा राखेर विश्व कीर्तिमान कायम गरेका छन् ।
अण्डालाई सन्तुलनमा राखिरहन निकै गाह्रो काम हो । हल्का पनि तलमाथि हुँदा अण्डा फुटिहाल्छ । तर दा सिल्भाले ७३५ वटा अण्डा नफुटाइकन टाउकोमा राख्न सफलता पाए ।
उनले एउटा विशाल टोपीमा त्यति धेरै अण्डा राखेर टाउकोमा भिरेका थिए । चीनको सीसीटीभी च्यानलको विशेष शोमा उनले उक्त कीर्तिमानी काम गरेका हुन् । तीन दिन लगाएर उनले टोपीमा अण्डा जोडेका थिए ।