
रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा शनिवार राति एक युवाको नदीमा डुबेर मृत्यु भएको छ ।
कोटहीमाई गाउँपालिका–४ का २१ वर्षीय अनिल चौधरी तिनाउ र दानव नदीको संगम दुुईमोहानमा डुबेका थिए । नदीमा हराइरहेका युवाको शव अबेर राति भारतीय गोताखोरको सहयोगले निकालिएको थियो ।
शवलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।
दुर्गा मूर्ति विसर्जनको क्रममा हरेक वर्षजसो दुर्घटना हुने गरेको छ ।
गत वर्ष पनि एक युवाको यसै गरी मृत्यु भएको थियो । विसर्जनलाई लिएर प्रहरीले उच्च सर्तकता अपनाउने गरे पनि दुर्घटना हुने गरेको छ ।