सरकारले मुगु दुर्घटनाका मृतक परिवारलाई १ लाख २५ हजार आर्थिक सहयोग दिने

सरकारले मुगु दुर्घटनाका मृतक परिवारलाई १ लाख २५ हजार आर्थिक सहयोग दिने

मुगु जिल्लामा भएको बस दुर्घटनामा परी मृत्यु भएका ३२ जनाका परिवारलाई सरकारले नगद सहयोग गर्ने भएको छ ।


Advertisement

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रतिमृतक किरिया खर्च २५ हजार रुपैयाँ र आर्थिक सहायता १ लाख रुपैयाँ गरी १ लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने जनाएका छन् ।


Advertisement

मृतकका परिवारका लागि आर्थिक सहायता तथा घाइतेको उपचार खर्च बापतको रकम भुक्तानीको व्यवस्था मिलाउने गरी प्रक्रिया आरम्भ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

असोज २६ गते नेपालगञ्जबाट मुगुको गमगढीतर्फ जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस मुगुको छायाँनाथ नगरपालिका–७ तपने खोलामा दुर्घटनामा परेको थियो ।


Advertisement

यस्तो छ गृह मन्त्रालयको विज्ञप्ति –

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्