०७ साउन २०८३, बिहीबार

नेदरल्यान्ड्समा फूटबल खेल सकिएलगत्तै भत्कियो रंगशाला (भिडियो)

कात्तिक १, २०७८
नेदरल्यान्ड्समा फूटबल खेल सकिएलगत्तै भत्कियो रंगशाला (भिडियो)

नेदरल्यान्ड्सको लीग फूटबलमा आइतवार एक खेल सकिएलगत्तै रंगशालाको एक भाग भत्किएको छ । 

भिटेस क्लबका समर्थकहरूले एनईसीविरुद्धको जीतपछि खुशियाली मनाउँदै गर्दा रंगशाला भत्किएको हो । 

भिटेसले एनईसीलाई १–० ले हराएको थियो । खेलको एक मात्र गोल निकोलाइ बादेन फ्रेडरिकसनले गरेका थिए । 

अन्तिम सिट्ठी बजेपछि भिटेसका खेलाडीहरू स्टेडियन गाल्फोर्ट रंगशालामा आफ्ना प्रशंसक भएतिर गएका थिए ।

प्रशंसकहरू रमाएर उफ्रेपछि रंगशालाको एक भाग भत्किएको थियो । 

अगाडि बसेका धेरैजना तलतिर पछारिएका थिए र खेलाडीहरू चिन्तित बनेका थिए । 

सौभाग्यवश कसैलाई पनि चोटपटक लागेन । 

चोटपटक नलागेको पुष्टि भएपछि प्रशंसकहरू पुनः खुशियाली मनाउँदै उफ्रेका थिए । 

कमेन्ट गर्नुहोस्