
नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा आज यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
घाइतेमध्ये १० को अवस्था गम्भीर छ । गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ-१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जाने क्रममा दुर्घटनामा परेको थियो ।
छतमा समेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको बताइएको छ ।