२१ जेठ २०८३, बिहीबार

एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली टोली ताजिकिस्तान जाँदै

कात्तिक १, २०७८
एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली टोली ताजिकिस्तान जाँदै
तस्वीरः एन्फा ।

एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली भोलि (मंगलवार) ताजिकिस्तान प्रस्थान गर्दैछ । 

सोमवार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ । 

उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना छनोट खेलका लागि राष्ट्रिय टोलीमा अटाएका मनिष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका छन् ।

फिफा वरीयतामा नेपालभन्दा माथि रहेका टोलीसँग नेपालले छनोट खेल्दैछ । टोलीमा अहिले युवा खेलाडीको बाहुल्यता रहेको छ भने केही राष्ट्रिय टोलीबाट अनुभव लिएका खेलाडी पनि समावेश भएका छन् । 

यसैकारण प्रशिक्षक बालगोपाल महर्जनले छोटो तयारीका बाबजुद पनि नेपाली टोली बलिया टोलीसँग राम्रो नतिजाका लागि खेल्ने बताए ।

प्रशिक्षक बालगोपल महर्जनले भने जस्तै नेपाली टोलीका गोलकिपर अर्पण कार्कीले युवा खेलाडीमा जोस भएकाले बलिया देशविरुद्ध राम्रो नतिजाका लागि खेल्ने प्रतिक्रिया दिए । 

यस्तै युवा स्ट्राइकर अभिसेक रिजालले बलियो टोलीविरुद्ध शतप्रतिशत दिएर खेल्ने बताए ।

छनोटअन्तर्गत नेपाल समूह ‘बी’ मा छ । 

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् । ताजिकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । 

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ । 

यस्तै दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने मौका पाउनेछन् । 

यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । 

उज्वेकिस्तानमा नै हुने प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुने तालिका छ ।

salt training

कमेन्ट गर्नुहोस्