×

Nic Asia
Dabur
Prabhu Bank

अझै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

धनगढी | कात्तिक १, २०७८

NTC
Argakhanchi Cement
प्रतिकात्मक तस्वीर
Premier Steels
TVS INSIDE

सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनसक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

yONNEX
IME BANK INNEWS

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमवार सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै ३ दिन थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकाले नदीका तटीय र डुबान हुने क्षेत्रमा बसोवास गर्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

आइतवार रातिदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर लगायत जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ । चाड पर्वकै समयमा खेतमा धान पाकेर पहेंलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो ।

२ दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् । होचो भागको खेतमा काटेर सुकाइएको धानबालीमा २ फिटसम्म पानी जमेको छ । वर्षाका कारण भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए ।


Advertisment
Lokantar App
Saurya island

उनले भने, ‘काटेर सुकाइएको धानबाली पूरै क्षति भएको छ ।’

क्षतिको यकिन विवरण आउन भने समय लाग्ने बताइएको छ । थोरै जग्गा भएका किसानले केही दिनअघि नै बाली भित्र्याइसकेको भए पनि बढी जग्गामा खेती गर्नेले बाली भित्र्याइरहेका थिए ।

Vianet communication

कैलाली जिल्लामा ७० हजार ५०० हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । वर्षासँगै कच्ची सडकहरू हिलाम्मे हुँदा आवागमन असहज भएको छ । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ११, २०७९

पत्रकार दीपेन्द्र दोङको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार ब्रेन ह्याम्रेजका कारण ललितपुरको मेडसिटी अस्पतालमा उपचाररत दोङको शनिबार अपराह्न निधन भएको हो ।  लामो समयदेखि पत्रकारितामा क्रियाशील दो...

चैत ११, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पहिचानको आन्दोलनमा जीवन गुमाएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताबारे सरकारको ध्यानाकर्षण गराएको बताएका छन्। मन्त्री किरातीले मिस लम्बू २०७९ को उद्घाट गर्दै ...

चैत ११, २०७९

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रालिमा गएको यातायात व्यवसायीलाई संघ/समितिमै फर्काउनुपर्ने बताएका छन्। यातायात व्यवसायी संघ/संस्थालाई प्राइभेट कम्पनीमा लैजानु गलत रहेको खाँणले टिप्प...

चैत ११, २०७९

बागलुङकी एक गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघाकी ३० वर्षीया रुपा पुनलाई प्रभु हेलिकोप्टरमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याइएको हो । शुक्रबार दिउँसोदेखि सुत्के...

चैत ११, २०७९

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले सञ्चालन भइरहेको मिसन ग्रासरुट अभियानले एमालेको उपचार गर्ने बताएका छन्। नेकपा (एमाले) तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज भानु नगरपालिका–१ भन्सारमा...

चैत ११, २०७९

कोशी प्रदेश नामकरणको विरोधमा मृत्यु भएका पदम लिम्बू घटनाको छानबिन गर्न सरकारले समिति बनाउने निर्णय गरेको छ।  गत चैत ५ गते भएको घटनामा लिम्बूको मृत्यु भएको थियो।  प्रधानमन्त्री पुष्पक...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x