
कैलालीमा बाढीले गर्दा नदीको बीच टापुमा फसेका २ जनाको सोमवार सकुशल उद्धार गरिएको छ ।
गोदावरी नगरपालिका–८ स्याउलेस्थित खुटिया खोलामा बालुवा, ढुंगा निकाल्न गएका सोही नगरपालिका–९ बल्मीका मानबहादुर थापा र निजकी पत्नी रेबु थापालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
बाढी आई नदीको बीच टापुमा फसेको थापा दम्पतीको इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नम्बर ४७ गण बनबेहडाबाट संयुक्तरूपमा प्रहरी टोली खटिएर सकुशल उद्धार गरिएको बताइएको छ ।