०२ असार २०८३, मंगलबार

ट्याङ्कर पल्टिएर बाटो अवरुद्ध हुँदा नौबिसे-नागढुंगा खण्डमा निकै लामो जाम

कात्तिक २, २०७८
ट्याङ्कर पल्टिएर बाटो अवरुद्ध हुँदा नौबिसे-नागढुंगा खण्डमा निकै लामो जाम
फाइल तस्वीर

काठमाडौंतर्फ आउँदै गरेको ट्याङ्कर नागढुंगानजिक पिप्लामोड भन्ने स्थानमा दुर्घटना हुँदा सवारीको लामो जाम भएको छ ।

गएरातिदेखि नागढुंगा-नौबिसे सडक खण्डमा सवारीहरूको निकै लामो जाम छ ।

दुर्घटनाग्रस्त ट्याङ्करलाई हटाएर जाम खुलाउने प्रयास भइरहेको महानगरीय ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ ।

प्रहरीका अनुसार ट्याङ्कर पल्टिँदा अन्य क्षति भने खासै भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्