२८ असार २०८३, आइतबार

आदिनाथमा एक महिने मेलाको तयारी पूरा

कात्तिक २, २०७८
आदिनाथमा एक महिने मेलाको तयारी पूरा

आदिनाथको मन्दिरमा एक महिने मेलाका लागि तयारी पूरा भएको छ । प्रत्येक वर्ष आश्विन शुल्क पूर्णिमादेखि कात्तिक शुल्क पूर्णिमासम्म मेलाका लागि आवश्यक तयारी पूरा गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

गत वर्ष महामारीका कारण मन्दिरमा नियमित पूजाबाहेकका अन्य पूजा तथा दर्शनका लागि बन्द गरिएको थियो । स्वास्थ्य मापदण्डलाई कायम गरी भक्तजनलाई दर्शनको व्यवस्था मिलाएर भीड व्यवस्थापन गरिने छ ।

मन्दिर आसपासमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने नियम बनाइएको पुजारी सरोज शाक्यले जानकारी दिए । काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रका भक्तजन मेला भर्नका लागि यहाँ आउने गर्दछन् ।

रत्नपार्कदेखि करिब नौ किलोमिटर दक्षिणतर्फको दूरीमा पर्ने उक्त मन्दिरमा मेला भरेमा पारिवारिक सुख, समृद्धि कायम हुने जनविश्वास छ । 

आदि नर र आदि नारीका रुपमा अभिव्यक्त भएको मूर्तिलाई आदिनाथ भनेर पुज्ने गरिन्छ ।

प्रत्येक वर्ष चैतेदशैंका दिन मूर्तिलाई स्नान गराई खटजात्रा गरिने चलन छ । त्यस अवधिमा पनि भक्तजनको मेला लाग्ने गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्