२२ जेठ २०८३, शुक्रबार

बैंकहरुल ह्वात्तै बढाए मुद्दतीको ब्याजदर

कात्तिक २, २०७८
बैंकहरुल ह्वात्तै बढाए मुद्दतीको ब्याजदर

आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएसँग बैङ्कहरूले धमाधम बचत तथा मुद्दतीको ब्याजदर बढाउन थालेका छन्। सोमबार बैङ्कहरूले सार्वजनिक गरेका सूचनाका आधारमा बैङ्कहरूले मुद्दतीको ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म पु¥याएका छन्।  

बैङ्कहरूमा तरलताको अभाव हुन थालेपछि भएको बचतलाई आफ्नैमा राख्न र अन्य बैङ्कको बचत पनि आफ्नोतर्फ तान्न ब्याजदर बढाएका हुन्।हिमालयन बैङ्कले मुद्दतीको ब्याजदर बढाएर सबैभन्दा बढी ११.६७ प्रतिशतसम्म पु¥याएको छ। त्यस्तै, एनआईसी एसिया बैङ्कले ११.१ प्रतिशत, नेपाल बङ्गलादेश बैङ्कले १०.२८ प्रतिशत माछापुच्छ«े बैङ्कले ९.८५ प्रतिशत, कुमारी बैङ्कले १०.३१ प्रतिशत, सिभिल बैङ्कले १०.६१ प्रतिशत, एनसीसी बैङ्कले १०.५५ प्रतिशतसम्मको ब्याजदर तोकेका छन्। गोरखापत्रमा खबर छ।

salt training

कमेन्ट गर्नुहोस्