२१ जेठ २०८३, बिहीबार

कैलालीमा माछा मार्न गएका ३ जना बेपत्ता

कात्तिक २, २०७८
कैलालीमा माछा मार्न गएका ३ जना बेपत्ता
प्रतिकात्मक तस्वीर

अविरल वर्षाकै क्रममा कैलालीमा माछा मार्न गएका ३ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–३ ढुङ्गेबजारका ६१ वर्षीय खडकबहादुर घर्तिमगर, ३५ वर्षीय विक्रम घर्तिमगर र २६ वर्षीय खडक राना मगर बेपत्ता भएका हुन् ।

उनीहरू सोमवार साँझ माछा मार्न गएका थिए तर हालसम्म पनि घरमा नआएपछि निजका आफन्त तीर्थबहादुर घर्तिमगरले इलाका प्रहरी कार्यालय चिसापानीमा सम्पर्क गरेका थिए । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्