
सोमवारदेखि परेको अविरल वर्षाका कारण घर पुरिँदा धरानमा २ बालबालिकाको ज्यान गएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी ८ बर्षीया निसु राई र ४ बर्षीय छोरा निहान राई रहेका इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
मंगलवार दिउँसो १ः४५ बजे घरमाथिबाट पहिरो खस्दा निसान राईको टिनको छाना भएको १ तले घर पुरिएको छ । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
पुरिएको घरबाट प्रहरीले दिउँसो साढे ३ बजे २ बच्चाको शव निकालेको छ ।