०२ असार २०८३, मंगलबार

थप १ हजार ९६ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृत्यु

कात्तिक २, २०७८
थप १ हजार ९६ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१६ जनामा गरिएको परीक्षणमा १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामै कोरोना निको भएर १ हजार ४ जना संक्रमित डिस्चार्ज भएका छन् ।

कोरोनाले थप १२ जनाको मृत्यु भएको छ । यससँगै हालसम्मका कूल मृतकको संख्या ११ हजार ३०५ पुगेको छ ।

मंगलवार देशभर ११ हजार ८१५ संक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्