२३ जेठ २०८३, शनिबार

कोभिड खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउनुपर्छ : अर्थमन्त्री शर्मा

कात्तिक २, २०७८
कोभिड खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अति कम विकसित (एलडीसी) र भूपरिवेष्ठित विकासशील मुलुक (एलएलडीसी) हरुमा कोभिड विरुद्धको खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
आगामी नोवेम्बरमा हुने विश्व व्यापार संगठनको १२ औं मन्त्रीस्तरीय सम्मेलनको लागि अति कम विकसित देशहरुको मन्त्री स्तरीय बैठकलाई मंगलवार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
अति कम विकसि देशहरुको लागि कोभिड १९ विरुद्धको खोपको आपूर्तिलाई सहज बनाउनु प्राथमिक महत्वको विषय भएको मन्त्री शर्माको भनाइ छ ।
अति कम विकसित देशहरुको आपूर्ति व्यवस्था, कमजोर उत्पादक क्षमता, अपर्याप्त लगानी तथा डिजिटल डिभाइड (अर्थात डिजिटल प्रविधिको पहुँच नहुन)ु जस्ता बहुआयामिक चुनौतीहरु रहेको भन्दै उनले तिनको समाधानको लागि साझा पहलको आवश्यकता औंल्याए ।
नेपाल विकासशील मुलुकमा स्तरोन्न्ती हुने प्रयासलाई कोभिड १९ को अकल्पनीय महामारीले असर पु¥याएको र सन् २०३० भित्रमा दिगो विकास लक्ष पूरा गर्नको लागि चुनौती थपिएको उल्लेख गर्दै मन्त्री शर्माले विश्व व्यापार संगठन, संयुक्त राष्ट्र संघ तथा अन्य बहुपक्षीय दातृ निकायले संक्रमणकालीन सहायता बढाएर दिगो विकासको लक्ष  पूरा गर्न सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्