०८ असार २०८३, सोमबार

बेमौसमी वर्षाले झापामा १८ परिवार विस्थापित

कात्तिक २, २०७८
बेमौसमी वर्षाले झापामा १८ परिवार विस्थापित

सोमबारदेखि लगातारको वर्षाका कारण झापामा १८ परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका–१ को टप्पु गाउँका १८ घर परिवार विस्थापित भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार  विस्थापित परिवारलाई प्रहरी र पालिकाका जनप्रतिनिधिहरुको सहयोगमा उद्धार गरिएको छ । उनीहरलाई स्थानीय एक सामुदायिक विद्यालयको भवनमा राखिएको छ । अत्यधिक वर्षाका कारण सो क्षेत्र डुबान भएपछि १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

वर्षाकै कारण गौरीगञ्ज–१ स्थित  हुक्लाबारी गाउँका ८५ घर उच्च जोखिममा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्