
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक सिंहदरबारमा बसिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा भइरहेको बैठकमा गृहमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्रीलगायत सबै मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता छ ।
लगातारको वर्षासँगैको बाढीपहिरो देशका विभिन्न ठाउँमा क्षति गरेपछि परिषद्को बैठक बसेको हो ।
हालसम्म बाढीपहिरोबाट ४८ जनाको मृत्यु भएको छ । ३१ जना बेपत्ता छन् ।