२८ जेठ २०८३, बिहीबार

विकासको नमूना, ६ महिनाको योजना डेढ महिनामै सम्पन्न

कात्तिक २०, २०७४
विकासको नमूना, ६ महिनाको योजना डेढ महिनामै सम्पन्न

म्याग्दी, ७ असार– म्याग्दीको मङ्गला गाउँपालिका–२ कोक्रवाङ र तोराखेतका बासिन्दाले छ महिनामा सक्ने लक्ष्य रहेको योजना डेढ महिनामै निर्माण गरेका छन् ।

सुरु गरेको ४८औँ दिनमा खानेपानी योजना निर्माण गरेर उनीहरुले इच्छाशक्ति र सक्रियता भयो भने विकास आयोजनामा हुने ढिलासुस्तीको समस्या समाधान हुनसक्ने उदाहरण प्रस्तुत गरेका हुन् । ब्रिटीस गोर्खा वेलफेयरको सहयोगमा २०७३ साल चैत २७ गतेदेखि सुरु भएको कोत्रवाङ ताराखेत खानेपानी तथा सरसफाइ आयोजना जेठ १० गते सकिएको हो ।

संस्थाका प्राविधिक, मिस्त्री कार्यस्थलमै उपस्थित भएको र उपभोक्ताको सक्रियताका कारण छ महिनामा सक्ने लक्ष्य राखिएको आयोजना ४८ दिनमा सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण पौडेलले बताए। रु २४ लाखभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट ३९ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ । थप दुई घरमा छ महिनापछि धारा जडान गरिने अध्यक्ष पौडेलले बताए ।

गोर्खा वेलफेयरले रु १५ लाख ५४ बराबरको निर्माण सामग्री, प्राविधिक र मिस्त्री सहयोग गरेको थियो । ४१ घरधुरीले ४५ दिनका दरले रु आठ लाख ६६ हजार बराबरको श्रमदान गरेर आयोजना निर्माण गरेका हुन् ।

घुरेनी सामुदायिक वन क्षेत्रको ठूलो खोल्साको मुहानबाट खानेपानी ल्याएर वितरण गरिएको हो । २०५२ सालमा निर्माण भएको खानेपानी आयोजनाको पाइप पहिरोले बगाएपछि स्थानीय बासिन्दाले असुरक्षित मुहान र कुलोको खानेपानी उपभोग गर्दै आएका थिए । घरघरमै शुद्ध खानेपानी आपूर्ति भएपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्