२१ जेठ २०८३, बिहीबार

बुटवलमा वर्षाले कृषिमा पुर्‍याएको क्षतिको विवरण संकलन

कात्तिक ४, २०७८
बुटवलमा वर्षाले कृषिमा पुर्‍याएको क्षतिको विवरण संकलन

 रुपन्देहीको बुटवल उपमहानगरपालिका वेमौषमी वर्षाले धान बालीमा पुर्‍याएको क्षतिको विवरण संकलन थालिएको छ ।

नगर प्रमुख शिवराज सुवेदीले वर्षाले कृषि क्षेत्रमा पुर्‍याएको क्षतिको विवरण संकलन गर्न कृषि विकास शाखाका कर्मचारी तथा प्राविधिकहरूलाई निर्देशन दिएका छन् । क्षतिको विवरणका आधारमा तत्कालिन राहतका कार्यक्रम बनाउने उपमहानगरको तयारी छ । सोही कामका लागि क्षतिको विवरण संकलन भइरहेको छ । 

कृषि क्षेत्रमा परेको असरका बारेमा जानकारी लिन उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीको नेतृत्वमा कृषि क्षेत्रमा विशेषज्ञहरुसहितको टोलीले यहाँको कृषि क्षेत्रको निरीक्षण र अनुगमन गरिरहेको छ । निरीक्षणको प्रारम्भिक रिपोर्ट अनुसार वर्षाले काटिसकेको धानमा क्षति पुगेको, तरकारी र फलफुलका विरुवामा नर्सरीमा  क्षति पुगेको पाइएको छ । 

बुटवलमा हाल करिब ३ हजार हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको छ । जसमध्ये करिब १० प्रतिशत क्षेत्रमा धान पाकेर काटिसकेको अवस्था छ र त्यसमध्ये ३ प्रतिशत धानमा क्षति भएको पाइएको छ ।

वर्षातले पारेको क्षतिको विवरण संकलनका लागि कृषि विकास शाखाका प्रमुख सन्तोष जिसी, प्राविधिक सहायक सोमनप्रसाद कुर्मी र वडा कृषि प्राविधिक वंशगोपाल म्रिश्रलगायतको टोली खटिएको अनुगमन महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताए ।  

बुटवलले सहरी कृषि प्रवद्र्धनमा धान, गहुँ र तरकारीमा अनुदान दिंदै आएको छ । बुटवलको सहरी कृषि प्रवद्र्धन कार्यक्रम मुलुकमै प्रभावकारी मानिन्छ । यहाँका किसानले धान, गहुँ, मकै र तरकारीको बिउमा अनुदान पाउनुका साथै फसल धितो राखेर समेत अनुदान लिइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्