२९ जेठ २०८३, शुक्रबार

अमेरिकामा हरायो मानवता : सार्वजनिक स्थानमा युवतीमाथि करणी हुँदा पनि हेर्नेहरू चुपचाप

कात्तिक ४, २०७८
अमेरिकामा हरायो मानवता : सार्वजनिक स्थानमा युवतीमाथि करणी हुँदा पनि हेर्नेहरू चुपचाप

अमेरिकाको फिलाडेल्फियामा मेट्रो ट्रेनमा अघिल्लो साता एक अवैध आप्रवासी पुरुषले एक महिलालाई बलात्कार गरेको हेरेर बस्ने मानिसहरूका विरुद्ध कुनै मुद्दा नचलाइने अभियोजकहरूले बताएका छन् । 

फिस्टन न्गोय नामक ३५ वर्षीय पुरुष कंगोबाट अमेरिका आएका थिए र सन् २०१५ देखि अवैध रूपमा त्यहाँ बसिरहेका थिए । उनले गत साता बुधवार महिलालाई बलात्कार गरेपछि पक्राउ गरेर अभियोग दायर गरिएको छ । 

अप्पर डार्बी नजिक साउथईस्टर्न पेन्सिल्भेनिया ट्रान्सपोर्ट अथोरिटीको ट्रेनमा उनी चढेको सीसीटीभी क्यामरामा देखिन्छ । 

राति सबा ९ बजेतिर उनले अपरिचित महिलालाई बलात्कार गर्दा त्यहाँ रहेका १० जनाले केही नगरेको उल्टो फोन निकालेर भिडियो खिचेको प्रहरीको भनाइ छ । 

उनले महिलालाई ९ः५२ सम्म आक्रमण गरिरहेका थिए । त्यसपछि एकजना व्यक्तिले ९११ अर्थात् आकस्मिक सेवामा फोन गरेका थिए । 

न्गोयले ती महिलालाई बारम्बार संवेदनशील अंगमा छोएका थिए र लुगा समेत च्यातिदिएका थिए । महिलाले न्गोयलाई बारम्बार घचेडेकी थिइन् ।

घटना सार्वजनिक भएपछि सर्वसाधारणले आक्रोश व्यक्त गरेका थिए । 

तर जिल्ला न्यायाधिवक्ता ज्याक स्टोलस्टाइमरले अपराधको प्रत्यक्षदर्शीलाई अभियोजन गर्ने कानून नभएको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्