१९ असार २०८३, शुक्रबार

कांग्रेसको रणनीतिः विराटनगर, धरान र इटहरीमा जीत

कात्तिक २०, २०७४
कांग्रेसको रणनीतिः विराटनगर, धरान र इटहरीमा जीत

इटहरी, ५ असार  - आउँदो असार १४ गते हुन लागेको स्थानीय निकायको निर्वाचन अन्तर्गत प्रदेश नं. १ मा पर्ने विराटनगर महानगरपालिकासँगै इटहरी र धरान उपमहानगरपालिकामा हरेक राजनीतिक दलको नजर त परेकै छ । दलहरुले विभिन्न रणनीति बनाएर चुनाबी अभियान तिब्र पारेका छन् ।

नेपाली काँग्रेसले यी तीनवटै निकायको नेतृत्व हत्याउनका लागि सक्रिय भएर जुटेको छ । विराटनगर, इटहरी र धरानका मेयर–उपमेयरका उम्मेदवारलाई डाकेर नेपाली काँग्रेसको प्रचारप्रसार विभागले सोमबार इटहरीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा तीनवटै क्षेत्रका मेयरका उम्मेदवारले यसपटक जुनसुकै हालतमा जित सुनिश्चित गर्ने ढंगले रणनीतिमा लागेको बताएका छन् ।

विराटनगर त काँग्रेसको वर्चस्व रहदै आएकोमा गुम्न नदिने गरि पुरै तयारीमा लागेको जानकारी दिइयो । इटहरी र धरानमा अहिलेसम्म काँग्रेसले नेतृत्व हत्याउन नसकेकाले गर्दा यसपटक भने आशावादी भएर फड्को मार्ने दाउमा रहेको छ ।

विराटनगरमा काँग्रेसले कुनै दलसँग तालमेल नगरिकन चुनाबी मैदानमा उत्रिएको छ । अन्य दलहरुले भने तालमेल गरेर अघि बढेका छन् । विराटनगरमा एउटा गठबन्धन एमाले र लोकतान्त्रिक फोरम नेपालबीच तालमेल भएको छ । अर्को गठबन्धनमा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच तालमेल भएको छ ।

विराटनगरका मेयरका उम्मेदवार भीम पराजुलीले पत्रकार सम्मेलनमा भने, ‘काँग्रेसले विराटनगरमा हरेक जनताको सुखदुःखमा साथ दिदै आएको छ । काँग्रेसप्रति जनताको जुन आकर्षण छ । त्यही नै काँग्रेसको जित्ने आधार हो ।’

उनले संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली काँग्रेसले विराटनगरका विभिन्न वडामा समेत समेटिएको क्षेत्र नं. ५, ६ र ७ मा नेपाली काँग्रेसले जितेको स्मरण गदैं त्यसलाई यसपटक पनि कुनै हालतमा गुम्न नदिने बताए ।

भीम विराटनगरका स्वच्छ छवी भएका युवा नेतामा पर्छन् । उनी काँग्रेसको विराटनगरको दोस्रोपटक पार्टी सभापति भएका हुन् । उनको राजनीतिक पृष्ठभूमि विद्यार्थीबाट सुरु भएको हो । महेन्द्र मोरङ कलेजमा स्ववियू सदस्य, कोषाध्यक्ष, सचिब हुदैं सभापति पदमा बिजयी भएका थिए । सभापति पदमा भने पुरै प्यानल नै बागी उम्मेदवारी दिएर जितेका हुन् ।

विराटनगरका चुनाबी एजेन्डा नेपाली काँग्रेस मेयरका उम्मेदवार भीम पराजुलीले पत्रकार सम्मेलनमा विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने चुनाबी एजेन्डा रहेको प्रस्ट्याए । विराटनगरलाई आर्थिक क्षेत्र बनाउँदा रोजगारीको वातावरण सृजना हुनेछ । नेपालकै पहिलो उद्योग जुट मिल बन्द रहेकोमा सञ्चालनमा ल्याइनेछ । जुट मिल सञ्चालनमा ल्याउँदा दस हजारले रोजगारीको अवसर पाउनेछन् ।

विराटनगर जुट मिलकै मजदुरलाई सहभागी गराएर दिवंगत नेता गिरीजाप्रसाद कोइरालाले मजदुर आन्दोलन गरेका थिए । ‘विराटनगरलाई आर्थिक समृद्दि र विकास काँग्रेसको नेतृत्वमा सम्भव छ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘युवा स्वरोजगारका लागि मसँग प्रस्ट भीजन छ ।’

पराजुलीले विराटनगर विमानस्थललाई दस बर्षभित्रमा अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य रहेको रहेको बताए । रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा विकास गर्ने र शहीद मैदान दलहरुको कार्यक्रम गर्ने स्थल बन्दै गरेकोमा त्यसलाई व्यवस्थित गरेर खेलकुदका गतिविधि सञ्चालन गर्ने बताए । । सिंगिया र केसलिया खोलामा ड्याम बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ ।

विराटनगरमा सञ्चालित विकासे योजनालाई सही गतिमा अघि बढाउने, पाँच बर्षभित्र ग्रामीण सडक कालोपत्रे, सवै वडामा सहकारी संस्था स्थापना गरि गरीव तथा विपन्न परिवारलाई ऋण, शैक्षिक हब, कोशी अञ्चल अस्पताललाई क्षेत्रीय अस्पतालसँगै मेडिकल कलेजमा स्तरोन्नति गरिने, दातृ संस्थासँग भगिनी सम्बन्ध स्थापना गरि ठूला आयोजना भित्रयाउने, महिला, जेष्ठ नागरिक केयर स्थापनालगायतका एजेन्डा रहेको सुनाए ।

रोहित प्रसाईं, इटहरीका मेयरका उम्मेदवार इटहरीका मेयरका उम्मेदवार रोहितकुमार प्रसाईंले पटकपटक अरु दलले नेतृत्व गर्दा विकास निर्माणले कुनै गति लिन नसकेकाले गर्दा काँग्रेसको नेतृत्वबाट मात्र सम्भव हुने बताए । उनले आफू उद्योग वाणिज्य संघको नेतृत्व गर्दा पनि इटहरीको विकासको निम्ति उदाहरणीय कार्य गरेको पत्रकार सम्मेलनमा प्रस्ट्याए ।

प्रसाई उद्योग वाणिज्य संघ इटहरी वरिष्ठ उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष भएका थिए । उनी अहिले प्रदेश नं. १ बाट केन्द्रीय सदस्य छन् । उनले वाणिज्य संघमा छँदा इटहरीलाई प्लाष्ट्रिक मुक्त क्षेत्र घोषणा गर्न, इटहरीलाई ‘क्लिन, ग्रीन एण्ड व्यूटीफूल’ नगर बनाउन, इटहरीको पर्यटकीय स्थल तालतलैयामा विदेशी मूर्तिकारलाई झिकाएर मूर्ति कला कार्यशाला सञ्चालन लगायतका कार्य गर्न भूमिका खेलका थिए । प्रसाईं अन्य दलका उम्मेदवारको तुलनामा क्लिन उम्मेदवारमा पर्छन् ।

इटहरीको चुनाबी एजेन्डा इटहरीलाई प्रदेश नं. १ को राजधानी बनाउन पहल गर्ने, २५० शै¥याको हस्पिताल निर्माण गर्ने र इटहरीलाई पूर्वाञ्चलकै व्यापारिक हब बनाउने चुनाबी एजेन्डा रहेको मेयरका उम्मेदवार रोहित प्रसाईंले बताए । इटहरी बजारबाट दक्षिणी क्षेत्रमा समस्या रहेको डुबानलाई सधैका लागि रोक्ने, बजारभन्दा भित्री वस्तीका जनताका निम्ति शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानीलगायतका आधारभूत आवश्यकता सहजै पूरा गरेर छाड्ने पनि प्रसाईंले बताए ।

उनका अनुसार, इटहरीलाई ननिदाउने शहर बनाउनुका साथै ५ बर्ष भित्र यहाँका सबै कच्ची सडकहरुमा ड्रेन निमार्ण गरिसडकको स्तर उन्नति गरि सकिने प्रसाईंले बताए । अपाङ्, एकल महिला, बृद्दबृद्दालगायतका लागि विशेष कार्यक्रम ल्याइने पनि सुनाए । शहरीकरणका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सडक, खानेपानी, ढल, बिजुली, सञ्चारलगायतका न्यूनतम पूर्वाधारको आवश्यक पर्छ ।

शिक्षा अन्तर्गत सामूदायिक विद्यालय तथा क्याम्पसहरुको अध्ययन अध्यापनलाई गुणस्तरीय बनाइने पनि प्रसाईंले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार, प्रौढ तथा निरक्षरहरुका लागि विशेष शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ ।

तिलक राई, मेयरका उम्मेदवार धरानमा यसपटकको निर्वाचनमा जसरी पनि जितेर नेतृत्व आफ्नो पक्षमा ल्याउने कसरतमा लागेको मेयरका उम्मेदवार तिलक राईले बताए । धरानबाट पटकपटक अरु दलले जित्दा जनता सन्तुष्ट नहुदाँ यसपटक काँग्रेसलाई फाइदा पुग्ने उनले जनाए ।

‘धरानमा उपमहानगरपालिका र अन्य दलले ल्याएका योजनाप्रति जनताले विश्वास गर्ने वातावरण नभएकाले गर्दा यसपटक काँग्रेसको विकल्प छैन,’ उनले भने । उनका अनुसार, अहिलेसम्म एकीकृत सम्पति कर, बसपार्क, एअरपोर्ट, खानेपानीलगायतका योजना सञ्चालनमा जनता हतोत्साही भएका छन् ।

धरानका चुनाबी एजेन्डा धरानलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरासयी बन्दै गएकाले गर्दा सुधार गर्ने, सुकुम्बासी समस्यालाई पूर्ण रुपमा समाधान गर्ने, सेउती–सर्दुको दोहन भइरहेकोमा त्यसलाई व्यवस्थित गर्ने, केबलकार सञ्चालन गर्नेलगायतका चुनाबी एजेन्डा सुनाए ।

उनका अनुसार, धरानको अव्यवस्थित बसपार्कलाई व्यवस्थित बनाउनेछ । साथै, धरानको समृद्दि र विकासमा अहोरात्र लाग्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्