अग्रपंक्तिमा खटिने सञ्चारकर्मीलाई मास्क सहयोग

अग्रपंक्तिमा खटिने सञ्चारकर्मीलाई मास्क सहयोग
प्रतिकात्मक तस्वीर

साइनो नेपाल मिडिया सोसाइटीले अग्रपंक्तितमा रहेर काम गर्ने सञ्चारकर्मीलाई मास्क सहयोग गरेको छ ।


Advertisement

सोसाइटीले बिहीवार प्रेस सेन्टरलाई ४ हजार ८०० थान र नेपाल पत्रकार महासंघ भक्तपुर शाखा तथा मध्यपुर सञ्चार समाजलाई १ हजार २०० थान मास्क सहयोग गरेको हो ।


Advertisement

सोसाइटीका अध्यक्ष धु्रव पौडेलले प्रेस सेन्टरलाई पेरिसडाँडा र महासंघ भक्तपुर शाखा तथा मध्यपुर सञ्चार समाजलाई थिमीमा पुगेर मास्क प्रदान  गरे ।

प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा र महासंघ तथा समाजका लागि मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई मास्क हस्तान्तरण गरिएको थियो  ।


Advertisement

प्रमुख श्रेष्ठले सोसाइटीबाट प्राप्त मास्क महासंघका अध्यक्ष जगतकृष्ण प्रजापति र समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । महासचिव सापकोटाले कोरोनाको जोखिम कायमै रहेको अवस्थामा अग्रपंक्तितमा रहेर काम गर्ने सञ्चारकर्मीलाई मास्क सहयोग गरेकामा आभार प्रकट गरे ।

सोसाइटीले सञ्चारकर्मीलाई विभिन्न सहयोग गर्दै आइरहेको छ ।
 

कमेन्ट गर्नुहोस्