स्रोत नखुलेको ८० लाख रुपैयाँसहित १ जना पक्राउ

स्रोत नखुलेको ८० लाख रुपैयाँसहित १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

प्रहरीले स्रोत नखुलेको ८० लाख रुपैयाँसहित १ व्यक्तिलाई पक्राउ गरेको छ ।


Advertisement

प्रहरी प्रधान कार्यालयका अनुसार बुधवार राति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित काठमाडौंको कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका–१० का ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई बुधवार राति पक्राउ गरेको छ ।


Advertisement

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई नियन्त्राण्मा लिएको हो । उनको साथबाट बा४९प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५० लाख रुपैयाँ बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
 


Advertisement

कमेन्ट गर्नुहोस्