०३ असार २०८३, बुधबार

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १०१ पुग्यो, ४१ जना बेपत्ता

कात्तिक ४, २०७८
बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १०१ पुग्यो, ४१ जना बेपत्ता
प्रतिकात्मक तस्वीर

पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ६०, बागमतीमा १, कर्णालीमा ७, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा २ गरी जम्मा १०१ जनाको मृत्यु भएको हो ।

प्रहरीले दिएको विवरणअनुसार १ नम्बर प्रदेशमा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ ।

बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा १३, २ नम्बर प्रदेशमा १, लुम्बिनीमा ३, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा २३ गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

बाढीका कारण जम्मा २ हजार २३२ वटा घर डुबानमा परेका छन् । बाढी पहिरोले ४९ घर, ८ गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको । हालसम्म १३९ पशु चौपायको मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १७७ परिवार विस्थापित भएका छन् । 

बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा सार्ने र पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य पनि जारी रहेको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्