०३ असार २०८३, बुधबार

बाढी, पहिरोबाट मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने

कात्तिक ४, २०७८
बाढी, पहिरोबाट मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने

पाँचथरमा बाढी तथा पहिरामा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने भएको छ । आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले शव परीक्षण गरी दाहसंस्कार गर्नसक्ने अवस्था नरहेको देखिएकाले सो निर्णय गरेको हो ।

यद्यपि दाहसंस्कारका लागि ‘शङ्कास्पद स्थितिमा मृत्यु भएको देखिन नआई विपत् प्रकोप (बाढी, पहिरो)कै कारण मृतकको मृत्यु भएको स्पष्ट यकीन भएको’ मुचुल्का भने तयार पार्नुपर्ने बैठकले निर्णय गरेको छ । सम्बन्धित वडाको वडाध्यक्षको रोहबरमा स्थानीयवासीलाई साक्षी राखी प्रकोपकै कारण मृत्यु भएको मुचुल्का गरी दाहसंस्कार गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

    बाढी र पहिराका कारण हालसम्म जिल्लामा २६ जनाको मृत्यु भएको पुष्टि भएको छ । गाउँमा मृत्यु भएकालाई बजारी क्षेत्रमा पु¥याई शव परीक्षण गर्न सकिने अवस्था नरहेको तथा चिकित्सकलाई गाउँमा लगेर शव परीक्षण गर्नसक्ने स्थिति नरहेकाले सो निर्णय गरिएको प्रजिअ ढकालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्