काठमाडौँ, १६ पुस – तपाईं आफ्नो गाउँ ठाउँको या आफूले यात्रा गरिरहेको सडकको खराब अवस्थाबारे चिन्तित हुनुहुन्छ र सो बारे सरकारलाई जानकारी गराउन चाहनुहुन्छ भने अब कुनै झन्झट मान्नु पर्दैन ।

सडकको अवस्थाबारे जानकारी दिन सरकारले मोबाइल एप्स सञ्चालनमा ल्याएको आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
आमनागरिकले आफ्नो गाउँ ठाउँको सडकको अवस्थाबारे सरकारलाई सहजै जानकारी गराउन सकून् भन्ने उद्देश्यसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘मोबाइल एप्स’ सञ्चालनमा ल्याएको हो ।
सडक मर्मत हुने स्थानबारे जानकारी नहुँदा सर्वसाधारणले सास्ती बेहोरिरहनु परेको बेला सडक विकास बोर्डले सोसम्बन्धी जानकारी दिन एप्स सञ्चालनमा ल्याएको हो ।