२५ जेठ २०८३, सोमबार

चुनाव भएपनि यसकारण बढेन सेयर बजार, अब के हुन्छ ?

कात्तिक २०, २०७४
चुनाव भएपनि यसकारण बढेन सेयर बजार, अब के हुन्छ ?

- रोहन शर्मा

यसकारण पहिलो चरणको चुनाव भईसक्दा पनि सोचेअनुरुप बजार बढेन, बरु उल्टै घट्यो!

● अब के हुन्छ ?
----------------------------------------
☆ चुनाव होला बजार बढ्ला छोटो समयमै कमाउँला भन्ने सोचका साथ छोटो समयका लागी लगानी गर्ने लगानिकर्ताले तत्काल बजारबाट उत्साहजनक प्रतिकृया नपाउँदा बिक्री चाप बढाए। बजारमा खरिद भन्दा बिक्री चाप पर्दा दैनिक रुपमा बजार घट्दै गयो।

☆ प्राबिधिक बिश्लेशण (TECHNICAL ANALYSIS): प्राबिधिक बिश्लेशणले बढ्दो बजारमा माथी माथीको बिन्दु देखाउँछ भने घट्दोमा तल तल को। २/३ दिनको गिरावट पछी TA ले अब घटेर यती तल आउँछ भनेर तल्लो तह देखाईदियो। अहिले धेरैले प्राबिधिक बिश्लेशणलाई आधार मानेर लगानी गर्ने गरेको पाईन्छ। यसले लगानीकर्ता पनि अब यती तल झर्छ भनेर मानसिक रुपमा तयार भए अनि बजार अझै न्युनतम बिन्दुमा झर्दैछ भने त अहिलेनै बेचेर STOP LOSS किन नगर्ने
भन्ने सोचमा पुगे। फलत बजार मा बिक्री चाप बढ्न गयो ।

☆ बिक्रेताले मात्र नभई खरिदकर्ताले पनि प्राबिधिक बिश्लेशणलाई आधार मानेरै लगानी गर्ने हुँदा , अझै झर्छ भने अहिलेनै किन किन्ने त भनेर कुरेर बस्दा बजारमा खरिद चाप कम पर्दा कारोबार रकममा समेत गिरावट आयो ।

☆ पहिलो चारणको चुनाव पछी पनि सोचे अनुरुप बजारमा पैसा आएन ।

☆ बैंक ब्याजदरमा कुनै बदलाव आएन।

☆ तराई केन्द्रीत केहि दलले चुनाव बहिस्कार गरी आन्दोलनमा जाने निर्णय गारेको कारण पनि लगानिकर्तामा मनोबैज्ञानिक प्रभाव पर्‍यो ।

☆ बिक्री गरेर बसेका लगानिकर्ता पनि घट्दो क्रममा बजार प्रवेश गर्न चाँहदैनन्, उनिहरु बजार स्थिर हुने बिन्दु कुरिरहेका हुन्छन्, बरु जुन दिनदेखी बढ्ने कुनै आधार देखिन्छ त्यस पछी बढ्दो बजारमै छिर्ने सोच बनाउँछन् ।

अब के हुन्छ ?
☆ पहिलो चरणको चुनाव सफलता पुर्वक सम्पन्न भए जस्तै दोस्रो चरणको चुनाव पनि हुन्छ । त्यस लगत्तै बजारमा पैसाको प्रवाह बढ्छ।

☆ दोस्रो चरणको चुनाव पश्चात लगानिकर्ताको मनोबल थप बढ्नेछ।

☆ बैंक ब्याजदरमा बिस्ततारै कमी आउन सुरु भैसकेको छ। बैंकहरुले ब्याज घटाउने प्रतिस्पर्धा सुरु गरिसकेका छन्।

☆ अहिलेसम्मको प्रबृत्ती हेर्दा असार पछीको लगानी एकदमै सुरक्षित देखिएको छ । असार सम्मको कमाईबाट कम्पनीहरुले आफ्ना सेयर होल्डरलाई प्रतिफल बितरण गर्ने गर्दछन्। अहिलेको समय भनेको पकाएर राखेको खाना पस्कन मात्र बाकिं भनेजस्तै हो । छोटो समयमै प्रतिफल को हकदार हुने अवस्था हो ।

☆ बजारले कुनै सकारात्मक बाहना पाउनुका साथै लगानिकर्तालाई न्युनतम बिन्दु यही नै हो भन्ने महसुष हुनासाथ बजार जसरि झरेर तल आएकोछ त्यसै गरी छोटो समयमै उचाई लिने निश्चित प्राय छ ।

अहिले मुलुकको राजनितिक तथा आर्थीक अवस्थामा कुनै त्यस्तो नकारात्मक पक्ष हावी छैन। अहिले नेपाल २ दशक पछी बिश्वकै उच्च आर्थीक बृद्धी दर (7.5) हुने देशको सुचीमा तेस्रो स्थानमा रहेको छ।

अन्त्यमा,
घट्दो क्रममा राम्रा राम्रा कम्पनी छानी छानी उठाउनु बुद्धिमानी हुनेछ। यो समय आफुसँग भएका नराम्रा सेयरलाई राम्रा कम्पनीमा सारेर समयको सदुपयोग गरौं।

(रोहन शर्माको फेसबुकबाट साभार गरिएको । उनी लामो समयदेखि सेयरबजारमा सक्रिय छन् ।)

salt training

कमेन्ट गर्नुहोस्