२६ असार २०८३, शुक्रबार

चुनावमा खटिएका सुरक्षाकर्मीले मधेसमा आतंक मच्चाएको राजपाको आरोप

कात्तिक २०, २०७४
चुनावमा खटिएका सुरक्षाकर्मीले मधेसमा आतंक मच्चाएको राजपाको आरोप
काठमाडौं, ७ असार– आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनका नाममा सरकारले मधेसमा आतंक फैलाएको आरोप लगाएको छ ।

बुधबार विहान राजपाका नेता महन्थ ठाकुरलगायतका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटि चुनावको नाममा सुरक्षा निकायले मधेसमा आतंक फैलाएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

चुनावमा परिचालन गरिएका सुरक्षाकर्मीहरुले मधेसलाई आतंकित तुल्याएकाले त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरिएको राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिल झाले जानकारी दिए । उनले आफूहरुको आन्दोलन शान्तिपूर्ण र अहिंस्रक हुँदाहुँदै पनि सरकारले त्यसलाई बल प्रयोग गरेको भन्दै आपत्ति जनाए ।

भेटमा प्रधानमन्त्री देउवाले चुनावलाई ध्यानमा राखेर सेनासहितको सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिए ।
राजपाले दोस्रो चरणको चुनाव विथोल्नका लागि विभिन्न आन्दोलनको कार्यक्रम सार्वजनिक गरेसँगै सरकारले तराईका विभिन्न क्षेत्रमा बाक्लो सुरक्षा उपस्थिति गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्