०३ असार २०८३, बुधबार

अहिले पनि एमाले पहिलो शक्ति  : ओली

कात्तिक ७, २०७८
अहिले पनि एमाले पहिलो शक्ति  : ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट  आन्दोलन,  विचार ,  जनप्रतिनिधि र  जनमतका हिसाबले  अहिले  पनि एमाले पहिलो   शक्ति  रहेको   बताएका छन् ।

देशभरका वडाधिवेशनलाई   भर्चुअल माध्यमबाट शनिबार  सम्बोधन गर्दै  उनले  पार्टी शक्तिको   स्रोत,  पार्टीको   सार्वभौमसत्ता  भनेको पार्टी सदस्य र कार्यकर्ता भएको  बताए ।

लोकतन्त्रको  उन्नत अभ्यासका रूपमा सहमति, एकता  र समझदारीसाथ  नेतृत्व  चयन  गर्न  आग्रह  गर्दै  प्रमुख  प्रतिपक्षी  दल  एमाले  का  अध्यक्ष   ओलीले भने ,“लोकतन्त्र भन्ने    बित्तिकै  चुनावमात्र बुझ्ने  समस्या पनि छ । चुनाव एउटा उन्नत पक्ष हो  । समझदारी अझ उन्नतस्तर को   लोकतन्त्र  हो  ।  त्यस  अभ्यासलाई पनि लोकतन्त्रभित्र राख्नुपर्दछ ।” गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्