बलिउड अभिनेता अक्षयकुमार को फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’ चाढै आउँदैछ । यस फिल्मले धमाका मच्चाउने अनुमान गरिएको छ ।

अक्षय आजभोलि आफ्नो फिल्मको प्रमोशनका लागि जुटेका छन् ।
हालसालै उनले यसै विषममा प्रधानमन्त्री मोदीलाई पनि भेटवार्ता गरेका छन् ।
समाचारहरुका अनुसार अक्षय कुमार आगामी फिल्ममा प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकामा देखिने भएका छन् । मोदीको जीवनमा आधारित फिल्म बन्न लागेको छ ।
यस फिल्ममा अक्षय कुमार मुख्य भूमिकामा अर्थात पीएम मोदीको भूमिकामा देखिने भएका छन् । केही सयम पहिला मोदीको भूमिकामा परेश रावल, अनुपमर खेर तथा विक्टर बनर्जी जस्तो नाम माथि चर्चा भएको छ ।
यस मामलामा बीजेपीका नेता शत्रुधन सिन्हाले अक्षयलाई यो भूमिकामा सूट गर्छ ।