१९ असार २०८३, शुक्रबार

इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी हिन्दू बन्ने

कात्तिक ७, २०७८
इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी हिन्दू बन्ने

इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले इस्लाम धर्म छोडेर हिन्दू धर्म अपनाउने भएको सीएनएन इन्डोनेसियाले खबर दिएको छ । 

मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेज एरियामा उनलाई कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गराइनेछ । 

सुकार्नो सेन्टरका अध्यक्ष आर्य वेदकर्णले यसको पुष्टि गरेका हुन् । 

शुद्धि वधनी समारोह आयोजना गर्न आफूले सुकमावतीले भनेको वेदकर्णले बताए । शुद्धिकर्ममा व्यक्तिले पवित्र हृदयका साथ आफू हिन्दू धर्ममा आस्था राख्ने घोषणा गर्छ । 

आफ्नो पुर्खाको धर्ममा फर्किने सुकमावतीको अधिकार भएको पनि उनले बताए । सुकमावतीकी हजुरआमा इदा न्योमान राइ श्रीमबेज बालीकी हिन्दू हुन् । 

लामो प्रक्रिया अपनाएर सुकमावती हिन्दू धर्ममा प्रवेश गर्न लागेको वेदकर्णको भनाइ छ । सुकमावतीले पुजारी, भिक्षु, पण्डित तथा अन्य सरोकारवालाहरूसँग छलफल गर्ने गरेको र हिन्दू धर्मग्रन्थहरूको अध्ययन गर्ने गरेको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्