२१ असार २०८३, आइतबार

रूपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने’को फर्स्ट लूक सार्वजनिक

कात्तिक २०, २०७४
रूपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने’को फर्स्ट लूक सार्वजनिक

काठमाडौं, ७ असार — दार्शनिक तथा राजनीतिकर्मी रूपचन्द्र विष्टको १८ औं स्मृति दिवसको दिन बुधवार रूपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र 'रुदाने : विद्रोहको नेपाली नाम'को फर्स्ट लुक सार्वजनिक गरिएको छ ।


चलचित्रमा रूपचन्द्र विष्टको सिङ्गो जीवन र थाहा दर्शनका विविध पाटाहरू समेटिएका छन् । रुदाने अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त लेखन तथा निर्देशन गरेका हुन् ।

दावानल क्रिएसनले थाहा यात्रासँगको सहकार्यमा निर्माण गरेको चलचित्रका निर्माता जागृत रायमाझी रहेका छन् ।

चलचित्रमा मुख्य चरित्र रूपचन्द्र विष्टको भूमिकामा दिव्यदेवले अभिनय गरेका छन् । त्यसैगरी चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अमर सुवेदी लगायतका एकसयभन्दा बढी कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रमा बलिउडका शान्ता राओको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन र जेसन कुँवरको संगीत रहेको छ ।

निर्देशकद्वयले चार वर्षसम्म रूपचन्द्र विष्टमाथि गहिरो अध्ययन अनुसन्धान गरी 'रुदाने : विद्रोहको नेपाली नाम' तयार पारेका हुन् ।

बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्माण पक्षले चलचित्रको फर्स्ट लूक सार्वजनिक गरेको हो । ‘रुदाने’ यसै वर्षभित्र प्रर्दशनमा ल्याउनेगरी अन्तिम चरणको शूटिङ भइरहेको निर्माण पक्षले जनाएको छ ।


जीवनीमा आधारित चलचित्र कमै मात्र बन्ने नेपालमा आफू रूपचन्द्रको शिष्य भएको र धेरै हिसाबले रूपचन्द्रको जीवनसँग पनि जोडिएकाले यो फिल्म बनाउन तम्सिएको निर्माता जागृत रायमाझीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्