१३ असार २०८३, शनिबार

४ वर्षपछि मतपरिणाम उल्टियो

कात्तिक ८, २०७८
४ वर्षपछि मतपरिणाम उल्टियो

चार  वर्षपछि एक जना वडाध्यक्षको मत परिणाम उल्टिएको छ।  मत  परिणाम  उल्टिँदा  त्यसबेला  पराजित उम्मेदवार विजेता बनेका छन्।
जिल्ला  निर्वाचन  कार्यालय  महोत्तरीका प्रमुख दिवाकर भुजेलले महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को आइतबार पुनः मतगणना हुँदा पहिलेका पराजित स्वतन्त्र उम्मेदवार रमेश रायले बढी मत प्राप्त गरेको जानकारी दिए । उनले सर्वोच्च  अदालतको  आदेशमा  भएको पुनः मतगणनामा त्यसबेला विजेता घोषित अरुण चौधरीको रुख छापमा २६६ र पराजित भएका रायको पानको पात छापमा २६८ मत पाइएको बताए ।
 गत २०७४ साल असोज २ गते सम्पन्न निर्वाचनमा दुवै उम्मेदवारले २६७ मत ल्याएको भन्दै   निर्वाचन   आयोगले   गोला   प्रथाबाट चौधरीलाई  निर्वाचित  गरेको  थियो।  त्यसबेला पराजित रायले पुनः मतगणनाको माग गर्दै उच्च अदालत जनकपुरधाममा दिएको मुद्दामा उच्च अदालतले २०७५ असार २१ गते पुनः मतगणना गर्ने  आदेश  दिएको  थियो। गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्