२९ असार २०८३, सोमबार

प्रकाशराज शर्माको नेतृत्वमा लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन

कात्तिक ८, २०७८
प्रकाशराज शर्माको नेतृत्वमा लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन

नेपाल लघुवित्त बैकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा चयन भएका छन्।

लक्ष्मी लघुवित्तमा आवद्ध शर्मालाई संघको पन्ध्रौं साधारण सभाले निर्विरोध निर्वाचित गरेको हो।

उपाध्यक्षमा धौलागिरी लघुवित्तका मीनबहादुर बोहोरा, महासचिवमा नेशनल माइक्रो फाइनान्सका रामबहादुर यादव, कोषाध्यक्षमा उन्नति सहकार्य लघुवित्तका प्रेमबहादुर पाठक र सचिवमा सबैको लघुवित्तका केशव कुमार पौडेल चयन भएका छन्।

त्यसैगरि सदस्यहरुमा जनउत्थान लघुवित्तका श्रीराम पोखरेल, माहुली लघुवित्तका गंगाधर पाण्डे, इन्फिनिटी लघुवित्तका प्रविणकुमार लामा, आशा लघुवित्तका बद्रीप्रसाद दुलाल, सिभिल लघुवित्तका विनोद आचार्य र जालपा सामुदायिक लघुवित्तकी बिमला योगी चयन भएकी छन्।

कमेन्ट गर्नुहोस्