२८ जेठ २०८३, बिहीबार

दीर्घ रोगीहरू योग अभ्यासमा आकर्षित

कात्तिक २०, २०७४
दीर्घ रोगीहरू योग अभ्यासमा आकर्षित

मुगु ७ असार – जिल्लामा दिर्घ रोगीहरु यतीवेला योग अभ्यासमा आर्कषित भएका छन । आर्थीक लगानी विनानै सामान्य देखी ठूलठूला क्यान्सर, दम, हेपाटाइटीस तथा वाथ जस्ता रोगहरु निकोहुने विश्वासले योगमा आकर्षित भएका हुन ।

योगगुरु जय बहादुर मल्लले तेस्रो विश्व योग दिवसको अवसर पारेर आफूपनि ३५ वर्षकै उमेरमा विभिन्न रोगबाट पीडित भएको तर अहिले विस्तारै स्वास्थ्य सुध्रिँदै गएको बताए ।

उच्च रक्तचाप, दम, ग्यास्टीक, घाटीको थाइराइड, ढाडको समस्या बाथ रोग जस्ता समस्याले गर्दा आफू डिप्रेसनको समेत सिकार बन्न पुगको उनले बताए ।

सदरमुकाम गमगढीमा यतीबेला हरेकदिन विहान ४० देखी ५० जना योगा गर्दै आएका छन् । बिहान साढे ४ बजेदेखी करीव २ घण्टा निरन्तर ७ बर्ष यता योग सिकाउदै आएको उनले बताए । मल्ल पतञ्जली योग समिती नेपालका केन्द्रीय सदस्य तथा मुगु जिल्लाका अध्यक्ष पनि हुन ।

पेशाले स्वास्थ्यकर्मी (अहेव) भएपनि मेडीकल साइन्समा विश्वास कमै मात्रामा गर्छन् । उनले ७ बर्षमा करीव २ हजार भन्दा बढीजनालाइ योग शिक्षा दिइसकेको बताए ।

त्यसैले उनले निशुल्क योग शिक्षा दिँदै आएको बताए । स्वास्थ्य क्षेत्रमा २० बर्ष दिएको सेवा भन्दा यो सात वर्ष दिएको योगशिक्षाले आफ्नो लागि ठूलो सफलता भएको उनले बताए ।

रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु राम्रो भन्ने उखान छ । योगाले सकारात्मक सोच, सदभाव, सदविचार, सतकर्म को पनि विकास गर्दछ । दुर्गम मुगुमा पनि योग शिक्षालाइ निरन्तरता हुनु राम्रो पक्ष भएको प्रमुख जिल्ला अधिकारी सरद पोखरेलले बताए ।

मृगौलाको पत्थरीका कारण थला परेर डाक्टरको सल्लाह अनुसार अपे्रशन गर्न तयारी अवस्थामा भएपनि पछि योगा गर्दा राम्रो हुन्छ भन्ने सुनेर आफू नियमित योगमा लागेको समेत उनले बताए ।

मृगौलामा ४ एमएम भन्दा ठूलो पत्थरी देखिएपछि आफू औषधी खान छोडेर योगमा लागेको अर्का योग गुरु जयकृष्ण थापाले बताए । उनले अहिले आफूले मात्रै योग गर्ने नभएर आरुलाई पनि सिकाउँदै हिँडेको बताए ।
घाटीको दिर्घ समस्या (थाइराइड)को कारणले निकै दुख भएको, बोल्न अप्ठेरो भएको, स्वर सुक्ने गरेको, घाटी बुझीने र श्वासफेर्न गाह्रो हुने अनेक समस्या समेत देखिएको उनले सुनाए ।

नियमित, निरन्तर लामो समय योग गर्दा क्यान्सर हेपाटाइटीस जस्ता भयानक रोग पनि निको हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्