०३ असार २०८३, बुधबार

पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना घाइते

कात्तिक ८, २०७८
पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना घाइते
प्रतिकात्मक तस्वीर

पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् ।

को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकोे छ ।

पाँचथर प्रहरीका अनुसार घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहेको छ ।

गम्भीर अवस्थाका घाइतेको पाँथचरमा उपचार हुन नसकेपछि झापा तथा मोरङका अस्पतालमा रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्