०८ असार २०८३, सोमबार

बाबुरामको नयाँ शक्ति छाडेर माओवादी प्रवेश

कात्तिक २०, २०७४
बाबुरामको नयाँ शक्ति छाडेर माओवादी  प्रवेश
काठमाडौं, ७ असार— डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति नेपालको विद्यार्थी संगठन नेकपा (माओवादी केन्द्र) मा बिलय भएको छ ।party prabesh
बुधबार लाजिम्पाटमा आयोजित कार्यक्रममा नेतृ ओमकुमारी पौडेलसहितका ६ दर्जन नेता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नयाँ शक्ति नेपाल विद्याथी अभियानकी संस्थापक अध्यक्ष ओमकुमारी पौडेल, नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य कमल खड्का, नयाँ शक्तिकी नेपालगञ्ज उपमहानगरपालिकाकी मेयरकी उम्मेदवार जयाकुमारी खड्का, नेताहरु युवराज दाहाल, नवराज बराल, सुमन आचार्य लगायत ६ दर्जन नेताहरु रहेका छन् ।
त्यसै गरी विप्लव नेतृत्वको नेकपाबाट मिनबहादुर चलाउने, सुमन अधिकारी, सुमन ढकाल लगायतका २ दर्जन विद्यार्थी नेताहरु पनि बुधबार नै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विप्लवका विद्यार्थी नेताहरुले पनि एक विज्ञप्ति जारी गर्दै देश र क्रान्तिको नेतृत्व माओवादी केन्द्र र प्रचण्डबाट मात्रै सम्भव भएको भन्दै सबैलाई एकतामा आउन अपील गरेका छन् ।
पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ढिलो चाँडो बाबुराम, वैद्य र विप्लवहरु पनि माओवादी केन्द्रमै आउने बताए । पचण्डले भने, ‘माओवादी केन्द्रबाहेक अर्को बिकल्प छैन, यो देशको राजनीतिक, आर्थिक परिवर्तनका लागि बाबुरामजी, वैद्यजी, विप्लवजी पनि माओवादी केन्द्रमै फर्कनुपर्छ, त्यसबाहेक उहाँहरुको बिकल्प छैन । जहाँ गए पनि जनताले उहाँहरुलाई माओवादी नै ठान्छन्, माओवादी आन्दोलन बाहिर उहाँहरुको भविष्य छँदै छैन ।’

salt training

कमेन्ट गर्नुहोस्