काठमाडौँ, ८ असार- दोस्रो चरणको निर्वाचनमा कम्तीमा १७० स्थान जितेर पहिलो पार्टी बन्ने प्रारम्भिक आँकलन कांग्रेसको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल नेतृत्वको टोलीले तीनवटै प्रदेशमा खटिएका नेताहरूसँग बुझेर आँकडा तयार पार्दै छ । नेता विमलेन्द्र निधिले ५८% भन्दा बढी तहमा जित्ने दाबी गरे, नयाँ पत्रिकाले खबर छापेको छ ।

कांग्रेसको आँकलन
प्रदेश नम्बर १-झापामा बहुमत तहमा जित्ने, मोरङ र सुनसरीमा पहिलो पार्टी बन्ने ।
प्रदेश नं. ५-बुटवल, घोराही, तुल्सीपुर र नेपालगन्ज उपमहानगर जित्ने, नवलपरासीका सुनवल र रामग्राम, रुपन्देहीका तिलोत्तमा र सिद्धार्थनगर, दाङको लमहीसहित बहुमत स्थानीय तहमा जित्ने, कपिलवस्तु, बाँके, बर्दियामा पनि पहिलो शक्ति ।
प्रदेश नं. ७ - कांग्रेसको गढ भएकाले स्पष्ट बहुमत आउने ।