
कुनै बेला धर्मसंस्कृतिको चर्काे आलोचना गर्ने र ब्राह्मणवादबाट मुक्ति चाहेको अभिव्यक्ति दिने भारतीय कम्युनिस्ट नेता कन्हैया कुमारले भारतीय कांग्रेस पार्टी प्रवेश गरेपछि मन्दिरमा गएर पण्डितबाट टीका थापेका छन् ।
नवप्रवेशी कांग्रेस नेता कन्हैयाले टीका थापेको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कम्युनिस्ट पार्टीमै रहँदा कन्हैयाले हिन्दूधर्म, मन्दिर, पण्डितको चर्काे विरोध गर्ने गरेका थिए ।
कन्हैयाको फोटो शेयर गर्दै ट्विटरमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘कमरेड कन्हैया कुनै बेला धेरै चर्काे स्वरमा नारा लगाउँथे – ‘ब्राह्मणवादबाट मुक्ति !’ अहिले बिस्तारै–बिस्तारै धार्मिक भइरहेका छन् ।’
अर्का ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘मनुवादबाट मुक्ति, ब्राह्मणवादबाट मुक्ति, जातिवादबाट मुक्ति, फेरि घर फिर्ता ।’
कम्युनिस्ट पार्टीमा रहँदा कन्हैया चर्का भाषणका कारण चर्चामा आउने गरेका थिए । तर कांग्रेस पार्टी प्रवेश गरेपछि कन्हैयाको भाषणमा समेत बन्दी छाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
