०७ असार २०८३, आइतबार

पुष्प प्रदर्शनीमा दुई दिनमा ३८ लाखको कारोबार

कात्तिक १३, २०७८
पुष्प प्रदर्शनीमा दुई दिनमा ३८ लाखको कारोबार

गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी कारोबार भएको छ । ललितपुरमा शुक्रबादेखि आयोजित १४औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी आम्दानी भएको हो । गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन । यस वर्षको प्रदर्शनीमा दुई दिनमा रु ३८ लाखको कारोबार भएको आयोजक संस्थाले जानकारी दिएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङका अनुसार यस वर्ष कारोनाको महामारी पूर्ण रुपमा नहटेका कारण रु ५० लाखको मात्रै कारोबार हुने आशा गरिएपनि लक्ष्यभन्दा बढी आम्दानी हुने भएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्