१३ असार २०८३, शनिबार

गाउँपालिका अध्यक्षले मान्छे कुटेपछि...

कात्तिक २०, २०७४
गाउँपालिका अध्यक्षले  मान्छे कुटेपछि...

सिन्धुपाल्चोक, ८ असार - सिन्धुपाल्चोकका एक जना जन प्रतिनिधिलाई प्रहरीले हिरासतमा लिएको छ । नेपाली कांग्रेसको तर्फबाट सुनकोशी गाउँपालिकामा प्रमुख बनेका श्रवण जिसीलाई प्रहरीले पक्राउ गरेको हो ।

सर्वसाधारणमाथि हातपात गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 

पाँच दिन अघि बनेपामा भएको एउटा विवाह पार्टीमा उनले रक्सी सेवन गरेर हल्ला गरेका थिए । उनले त्यहिबेला अरु सर्वसाधारणमाथि हात समेत हालेका थिए ।

उनलाई सार्वजनिक मुद्दा लगाउने तयारी काभ्रे प्रहरीले गरेको छ । उनी यसअघि माओवादी कार्यकर्तालाई पिटेका कारण विवादमा परेका थिए । 

बैशाख ३१ मा सम्पन्न स्थानीय तहको चुनावमा जिसीले सुनकोशी गाउँपालिकामा नेकपा एमालेका शिव न्यौपानेलाई पराजित गरेका थिए ।

कमेन्ट गर्नुहोस्